कोशीका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइबढी विश्वासको मत प्राप्त
काठमाडौं,विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।
एमालेको समर्थनमा कांग्रेसबाट ८ सांसद विद्रोह गराई कार्कीले बिहीबार ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस