महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल
खबर एक्सप्रेस
२०८१-०३-२१ ०१:४४ मा प्रकाशित
Total Shares: 69
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए ।
उनले भने, ‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस