पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने
काठमाडौं - पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा टेबलमा रहेका दुई वटा कोकाकोलाका बोतल हटाउँदै पानी पिउन आग्रह गरे ।
हङ्गेरीसँगको खेल हुनु भन्दा पहिले पत्रकारसँग कुराकानी गर्नेक्रममा रोनाल्डोले कोल्ड ड्रिङ्क बनाउने कम्पनी कोका–कोलाको दुई वटा बोत्तल राखिएको थियो । तर, रोनाल्डोले कोका–कोलाको दुई वटै बोत्तल हटाइदिए । उनले नजिकै रहेको पानीको बोत्तल कोका–कोलाको ठाउँमा राखे । सफ्ट ड्रिङ्कको सट्टा पानीको प्रयोग गर्नुपर्ने रोनाल्डोले सङ्केत गरेका थिए ।
यस्तै, फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए । इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।
अब स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना हुने भएको छ ।
पछिल्लो पटक खेलाडीहरुले स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएले चेतावनी दिएको हो । बोतल नहटाउन यूईएफएले टिम र खेलाडीलाई आग्रहसमेत गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस