काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषयलाई विवादित बनाउनु जायज नभएको बताएका छन्। प्रतिपक्ष दलले नागरिकताको विषयमा सदन अवरोध गरेपछि सदनमा सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

नागरिकताको विषयमा हामी सबै एकै ठाउँमा रहेकोले यसबारेमा विवाद बनाउनु उपयुक्त नहुने बताए। नागरिकता विधेयक सर्वसम्मत रुपमा आएको उनको भनाई छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र शेरबहादुर देउवाले ल्याएको विधेयक र अहिले जारी भएको विधेयक एकै खालको भएको बताए।

नागरिकता विधेयकले अहिले अदालती प्रकृयामा पुगेकोले यसबारेमा अहिले बोल्नु उचित नहुने बताए।