कांग्रेस महाधिवेशन : मतदान गर्ने समय राति ९ बजेसम्म थपियो
खबर एक्सप्रेस
२०७८-०८-२७ ०६:१४ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो ।
निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस