काठमाडौं - नेपाल सरकारले चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरसविरूद्धको 'सिनोफार्म' नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
औषधि व्यवस्था विभागले सूचना जारी गर्दै चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरेको उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ ।
यो खोप ७९ प्रतिशत सुरक्षित रहेको खोप निर्माता कम्पनीको दाबी छ । यसअघि सरकारले भारतको सेरम इन्स्टिच्युटले निर्माण गरेको 'कोभिसिल्ड' नामक खोपलाई प्रयोगका लागि अनुमति दिएको थियो ।

.gif)


