लमजुङ - लमजुङ पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ ।

लमजुङको क्व्होलासोथर गाउँपालिका९३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको हो ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।