काठमाडौं - ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरणमा फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर भएका छन् ।

सहकर्मीको भिडियो खिँचेर धम्क्याएको अभियोगमा उनी दोषी ठहर भएको बीबीसीले जनाएको छ । फ्रान्सको एक अदालतले उनलाई एक वर्षको सस्पेन्डेड जेल सजाय सुनाएको छ। तर, यो सजायमा जेलमा बस्नु भने पर्दैन। साथै, ७५ हजार युरो जरिवानाको सजाय पनि सुनाइएको छ । 

सन् २०१५ को जुनमा फ्रेन्च फुटबलर म्याथ्यु भाल्बुआनाको सेक्स भिडियो खिँचेर ब्ल्याकमेल गरिएकोमा बेन्जिमाले पैसा दिन प्रोत्साहन गरेको अभियोग लागेको थियो। ब्लाकमेल गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।