काठमाडौं - नेपाल चीनमा आयोजना हुने एसियन कप-२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को नयाँ नियम अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो ।

नयाँ नियमअनुसार नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । 

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो ।