एयर डाइनेस्टी दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम गरिंदै
खबर एक्सप्रेस
२०८१-०४-२४ ११:३६ मा प्रकाशित
Total Shares: 94
काठमाडौं- एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ ।त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो ।शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस