काठमाडौं - थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एकरएक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले बताएको छ । अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।