नेकपा माओवादीद्वारा संघर्षका कार्यक्रम घोषणा
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको माओवादी सचिवालयले जनाएको छ ।
संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
यसअघि विप्लवले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रमशिविरहरूमा प्रहरीले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्न खोजेको भन्दै आक्रोश व्यक्त गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस