काठमाडौं उपत्यकामा थप ९ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०३-२९ ०५:०३ मा प्रकाशित
Total Shares: 303
काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका ३, ललितपुरका ५ र भक्तपुरका १ एक जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन । आइतबार मात्र पनि उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ।
फेसबुक पेज Like गर्नुहोस