बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त
काठमाडौं-नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले सो कुरा बताएका हुन्।
त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए। सांसद पन्तले प्रधानमन्त्री सिंगो मुलुकको हुन नसकेको बताए। ‘बजेटमा ग्वाम्म हात हालेको छ‚ नुवाकोटमा घोप्ट्याएको छ। बजेटमा हात हालेको छ‚ गोरखामा घोप्ट्याएको छ। अर्को छेउमा तिमीहरूले मात्रै घोप्ट्याउने? यो सबै जुटाइदिने त मैं हुँ भनेर मादल बजाएर बसिरहेका डडेलधुराका बुढा, उनकहाँ पनि घोपट्याइदिया छ‚ लौ ला त नि भनेर। अरु सबै हेर्या हेर्यै।’
बजेट अन्य निर्वाचन क्षेत्रका लागि आवश्यकताका आधारमा विनियोजन गर्नुभन्दा पनि गोरखा, नुवाकोट र डडेलधुरा केन्द्रित हुँदा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको पन्तले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस