भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
एजेन्सी - भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । कोरोनाबाट संक्रमित मुखर्जीको साेमबार निधन भएको छ ।
उनी दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत थिए । मुखर्जीका छोरा अभिजितले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गरेका छन्। पूर्वराष्ट्रपति मुखर्जीको लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।
भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।


.gif)




फेसबुक पेज Like गर्नुहोस