राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने ओलीको दाबी
खबर एक्सप्रेस
२०७९-११-११ ०२:२८ मा प्रकाशित
Total Shares: 135
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेलाई धोका नदिने दाबी गरेका छन्। बिहीबार ओली निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले सो दाबी गरेका हुन्।
प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरेका हुन्। राष्ट्रपतिमा कांग्रेसलाई प्रचण्डले समर्थन गरेमा गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नको जवाफमा ओलीले पुस १० को सम्झौता कायम रहने बताए।
उनले भने, ‘उहाँले सर्पोट गर्दै गर्नु हुन्न। गर्ने मिल्दैन। किन भने उहाँले हामीसँग पुस १० गते सम्झौता गरिसक्नु भएको छ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस