अमेरिकामा कोरोनाबाट दुई लाखको ज्यान जाने प्रक्षेपण
खबर एक्सप्रेस
२०७६-१२-१७ ११:४९ मा प्रकाशित
Total Shares: 418
एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९ ) का कारण दुई लाख मानिसको ज्यान जान सक्ने अनुमान गरिएको छ ।
अमेरिकाका सरुवा रोग रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले संक्रमणका कारण दुई लाखले ज्यान गुमाउन सक्ने चेतावनी दिएका हुन् । संसारभर हालसम्म कोरोनाबाट ३३ हजार मानिसको ज्यान गइसकेको छ । संक्रमितको संख्यामा लगातार वृद्धि हुँदै आएको छ ।
संसारभार कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार नाघेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानिसहरुलाई सामाजिक दूरी कायम गर्ने समय आगामी ३० अप्रिलसम्मका लागि थप गरेको बीबीसीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस