एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २० देखि २५ प्रतिशत भन्सार कर लगाउनसक्ने चेतावनी दिएका छन् ।

स्कटल्यान्डको पाँच दिने भ्रमणबाट फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुने । उनले यो कर अझै अन्तिम नभएको र भारतसँग १ अगस्टसम्म व्यापार सम्झौता हुने अपेक्षा गरेको बताए ।

“भारतले २० देखि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ । भारत मेरो मित्र हो । उनीहरूले मेरो अनुरोधमा पाकिस्तानसँगको युद्ध समाप्त गरे,” ट्रम्पले भने ।

ट्रम्पले सबै व्यापारिक साझेदार देशहरूलाई १ अगस्टसम्म व्यापार सम्झौता गर्न समयसीमा दिएका छन् । यदि, यो मितिसम्म सम्झौता नभए, अमेरिकाले ती देशहरूमाथि उच्च पारस्परिक कर लगाउन सुरु गर्ने बताएको छ ।