काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणापत्र निर्माण समिति संयोजकको जिम्मेवारी दिइसकेका छन् ।