काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले यसअघि रहेको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो ।
बैठकको निर्णयानुसार अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
त्यस्तै, बैठकले प्रदेश समितिको आकार पनि बढाउने निर्णय गरेको छ । प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने निर्णय भएको हो ।

.gif)


