थप १३४ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-१०-२८ ०५:४० मा प्रकाशित
Total Shares: 306
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ४७ छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस