नेकपा सचिवालयकाे निर्णयअनुसार नै राजधानी हेटाैंडा राख्ने प्रदेश संसदीय दलको निर्णय
खबर एक्सप्रेस
२०७६-०९-२५ ११:०० मा प्रकाशित
Total Shares: 332
काठमाडाैं - नेकपाको प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौँडा नै राख्ने निर्णय गरेको छ। शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको हो।
प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यससम्बन्धमा ह्विप जारी गरिने प्रदेश संसदीय दलले जनाएको छ। यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस