काठमाडाैंमा मयूर यातायातको बस सेवा शुरु
खबर एक्सप्रेस
२०७७-०३-२९ ०१:५७ मा प्रकाशित
Total Shares: 454
काठमाडौं - मयूर यातायातले काठमाडौं उपत्यकामा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म बस चलाउने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको छ । सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने मयूरले जनाएको छ ।
काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई बस र रिङगरोडमा ४ वटा बसले सेवा दिएको जनाइएको छ । भाडा भने ५० प्रतिशत बढी लिने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस