काठमाडौं - नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीचको विवाद चर्किरहेका बेला राष्ट्रिय भेला स्थगित भएको भन्दै डा. शशांक कोइरालाको नाम र हस्ताक्षर प्रयोग गरिएको नक्कली वक्तव्य सार्वजनिक भएपछि आयोजक पक्षले त्यसको खण्डन गरेको छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेला स्थगित भएको दाबी गर्दै सामाजिक सञ्जालमा वक्तव्य भाइरल भएपछि आयोजक पक्षले उक्त वक्तव्य पूर्णतः फर्जी रहेको स्पष्ट पारेको हो।

.gif)


