आजदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने
खबर एक्सप्रेस
२०८०-१०-१६ ०८:५३ मा प्रकाशित
Total Shares: 98
काठमाडौं - आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन्।
सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस