गाजामा युद्धविराम कार्यान्वयन आजदेखि
काठमाडौं - इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ ।
एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो ।
सोही अनुसार आजबाट युद्धविराम सम्झौता कार्यान्वयन हुन लागेको हो । आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ । बन्धकमुक्त हुने तीनै जना इजरायली महिलाहरू रहने बताइएको छ ।
हमासले तीन बन्धक छाड्दा इजरायली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन् । सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ। हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन् ।
युद्धविराम भएपछि विपिन फर्केर आउने आश बढेको छ । यद्यपि पहिलो चरणको युद्धविराममा हमासले इसराइली बन्धकमात्रै रिहा गर्ने भनेकाले सो अवधिमा विपिन जोशी छुट्ने सम्भावना न्यून छ ।
फेसबुक पेज Like गर्नुहोस