काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

केन्द्रीय समिति बैठकअघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन्।

शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । सभापति देउवाले आज दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए।

चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।