भारतले नेपाललाई दिने सहायता रकम १०० करोड बढायो
काठमाडौं - भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता रकम बढाएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आज आर्थिक वर्ष २०२६र२७ को लागि केन्द्रीय बजेट सार्वजनिक गर्दै नेपाललाई दिने विकास सहायता बढाएकी हुन् ।
भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुर्याएको छ । जवकी अघिल्लो वर्ष ७०० करोड थियो ।
भारतले क्षेत्रीय सम्बन्ध र छिमेकी मुलुकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गरेको छ ।
भारतले नेपालसँगै श्रीलंकालाई ४०० करोड छुट्याइएको छ । जुन अघिल्लो वर्षभन्दा १०० करोड रुपैयाँ बढी हो । त्यस्तै अफगानिस्तानका लागि भारतले ५० करोड रुपैयाँ थप गर्दै कुल १५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी, मौरिससलाई दिइने सहयोग ५० करोड रुपैयाँ बढेर ५५० करोड रुपैयाँ पुगेको छ भने मंगोलियाका लागि अनुदान ५ करोडबाट बढेर २५ करोड रुपैयाँ पुगेको छ । सेसेल्सका लागि भने सहयोग रकम यथावत् १९ करोड रुपैयाँमै सीमित छ ।
तर, भारतले बंगलादेश, माल्दिभ्स र म्यानमारको सहायता रकम भने घटाएको छ । भारतले बंगलादेशका लागि अनुदान आधाले घटाएर ६० करोडमा सीमित गरेको छ । अघिल्लो वर्ष बंगलादेशलाई १२० करोड विनियोजन गरिएको थियो । त्यसमध्ये ३४ करोड रुपैयाँ मात्र खर्च भएको थियो ।
माल्दिभ्सका लागि अनुदान ५० करोडबाट घटाएर ५५० करोड भारतीय रुपैयाँ र म्यानमारका लागि ५० करोडबाट घटाएर ३०० करोड भारतीय रुपैयाँमा झरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस