मेस्सीको कीर्तिमानीमा अर्जेन्टिनाको शानदार जित
काठमाडौं - कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले सहज जित हात पारेको छ । गएराति भएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ले पराजित गरेको हो ।
खेलको छैटौँ मिनेटमा अलेजान्ड्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ३३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ४२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जिततर्फ अग्रसर गराए । योसँगै मेस्सीले अर्जेन्टिनाको लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सीले सर्वाधिक १४८औं खेल खेलेका हुन् । यसअघि उनले ज्याभिएर मास्केरानोसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए।
त्यसपछि ६०औँ मिनेटमा बोलिभियाका लागि इर्विन सावेद्राले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि ६५औँ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४-१को फराकिलो जित दिलाए । समूह ‘ए’ को शिर्ष स्थानमा रहेको अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेको छ । पराजित बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस