पछिल्लो २४ घण्टामा ९ सय २ जना संक्रमित थपिए, संक्रमितको कुल संख्या ४८,१३८ पुग्यो
खबर एक्सप्रेस
२०७७-०५-२३ ०४:०७ मा प्रकाशित
Total Shares: 309
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित भेटिएको जनाएको छ । यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ४८,१३८ पुगेकाे छ ।
मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ नमूनाको पीसीआर परीक्षण भएको र त्यसमध्ये ९ सय २ मा संक्रमण देखिएको बताएका हुन् ।
डा. गौतमले हालसम्म नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको बताए । तीमध्ये ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा २२ सय ८७ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । डा. गौतमले यो डिस्चार्ज ६८ प्रतिशत रहेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस