काठमाडौं- स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो।

स्पेनको जितमा मिकेल मेरिनो नायक बने। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरको केही मिनेटमै उनले गोल गर्दै स्पेनलाई सेमिफाइनलमा पुर्याए।

खेलको ३० औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा चार्ल्स डी केटेलारले गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।

यसअघि अन्तिम १६ को खेलमा पनि मेरिनोले पोर्चुगलविरुद्ध इन्जुरी समयमा गोल गर्दै स्पेनलाई क्वाटरफाइनलमा पुर्याएका थिए।