पोखरा - गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ५ जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये तनहुँका ४, म्याग्दीका २, स्याङ्जाका ३, बाग्लुङका ३ र कास्कीका २ जना रहेका छन् । जसमा ८९ वर्षिय वृद्धसमेत रहेका छन् । उनी पोखरा महानगरपलिकाका हुन् ।

संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ ।

No photo description available.