एजेन्सी - ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २० जनाको मृत्यु भएको छ । जुन संख्या ब्राजिलमा कोरोनाबाट एकैदिन ज्यान गुमाउने अहिलेसम्मकै उच्च संख्या हो । जुन संख्या ४ सय ७ थियो ।

मृत्यु हुनेको संख्या बढिरहे पनि पछिल्लो दिन आईतबार सोमबार भने घटेको थियो । ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट ५ हजार ६३ जनाको मृत्यु भएको छ भने ७२ हजार संक्रमित छन् । ब्राजिल कोरोनाबाट सबैभन्दा बढी प्रभावित ल्याटिन अमेरिकी देश हो ।