काठमाडौं - रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । उनी बैंक जमानत बुझाएर रिहा भएको बताइएको छ ।

न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो ।