काठमाडौं उपत्यकामा आज दुई हजार १२९ जनामा कोरोना पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र उपत्यकामा २ हजार २८३ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७८ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस