एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त
खबर एक्सप्रेस
२०७८-११-०८ ०१:२९ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ ।
प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस