माैसमः आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
ती स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
त्यस्तै, भोलि प्रदेश-१ र गण्डकी प्रदेशका १/२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेको छ ।
आज बिहान देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस