एसी मिलानको सुखद् सुरुवात
खबर एक्सप्रेस
२०७८-०५-०८ ०९:२६ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - इटालियन सिरी ‘ए’ मा एसी मिलानले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा मिलानले घरेलु टोली साम्पडोरियामाथि १–० को जित दर्ता गरेको हो ।
मिलानको जितमा ब्राहिम डियाजले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको नवौं मिनेटमा डाभिड कालाब्रियाको पासमा गोल गरेका हुन् । ब्राहिम यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका थिए ।
जितसँगै मिलानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ भने पराजित साम्पडोरिया अंक विहीन छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस