एजेन्सी - उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएका छन् ।

ट्रम्पले शनिबार एक कार्यक्रमका बिच उनले पत्र पठाएको बताएका हुन् । उनले सो पत्रलाई 'नाइस नोट' भनेका छन् । ट्रम्पले यसअघि किमलाई गत महिनामात्र कोरोना भाइरस पान्डेमिक विरुद्ध मिलेर लड्न भन्दै पत्र पठाएका थिए।

शनिवार नियमित प्रेस ब्रिफिङका क्रममा ट्रम्पले भने, 'उत्तर कोरियाले छोटो दुरीको मिसाइल परीक्षण गरिरहेको मैले देखिरहेको छ। मैले हालै किमबाट नाइस नोट प्राप्त गरेको छु। यो वास्तवमै नाइस नोट हो। मलाई लाग्छ। हामीले राम्रो गरिरहेका छौं।'