लिड्समाथि युनाइटेडको रोमाञ्चक जित
खबर एक्सप्रेस
२०७८-११-०९ ०९:४९ मा प्रकाशित
Total Shares: 257
काठमाडौं - लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ ।
लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे । यस्तै लिड्सका लागि रोड्रिगो मोरेनो र राफिन्फाले एक-एक गोल गरे ।
जितसँगै युनाइटेड २६ खेलमा ४६ अंक जोड्दै चौथो स्थानमा छ । लिड्स २४ अंक जोडेर १५औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस