पोर्चुगललाई स्तब्ध पार्दै बेल्जियम क्वाटरफाइनलमा
खबर एक्सप्रेस
२०७८-०३-१४ ०८:०१ मा प्रकाशित
Total Shares: 294
काठमाडौं,एजेन्सी - बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई १-०ले स्तब्ध पार्दै बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा हाजार्डले थोमस मुनिएरको पासमा बेल्जियमका लागि गोल गरेका थिए । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन ।
यस जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँगको भेट पक्का गरेको छ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस