आज सार्वजनिक गरिँदै भागरथीको हत्यारा, आफ्नै विद्यालयको ११ मा पढ्ने छात्र संलग्न
खबर एक्सप्रेस
२०७७-११-०५ ०८:११ मा प्रकाशित
Total Shares: 382
काठमाडौं,बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयका एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ ।
प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । भागरथी गाउँकै सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् ।
माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस