एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पुष्टि गरेका छन् कि उत्तर कोरियाका नेता किम जोंग उन जीवित छन् ।

उनले बताएका छन्, म उनी सञ्चो हुन् भन्ने कामना गर्दछु । उनको यो बयान यस्तो समयमा आएको छ, जहाँ किमको स्वास्थ्यलाई लिएर अनेकन अड्कलबाजीहरु गरिएको छ ।

ह्वाइट हाउसमा प्रेस कन्फरेन्सको क्रममा ट्रम्पसँग जब किमको स्वास्थ्यको बारेमा सोधियो तब उनले भने, मसँग एकदमै राम्रो विचार रहेको छ ।

तर म अहिले यसको बारेमा कुरा गर्न सक्दिन । म केवल उनी छिटै सञ्चो होउन् भन्ने कामना गर्दछु । म आशा गर्दछु उनी ठिक छन् ।

मलाई थाहा छ उनको अवस्था कस्तो रहेको छ । उनले थपे, मिडिया अब सायद किमको भविष्यलाई लिएर कुनै पनि प्रकारको सुनुवाई गर्नेछैन । 

किम १५ अप्रिलमा आफ्ना हजुरबुबा किम २ सुंगको जन्मोत्सवमा उपस्थित नभएपछि उनलाई लिएर अनेकौं चर्चाहरु बाहिर आउन सुरु भएको थियो । उनी ११ अप्रिलपछि कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भएका छैनन् ।