डडेल्धुरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् ।

सोमबारदेखि गृहजिल्ला भ्रमणमा रहेका सभापति देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

उनले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने बताए । उनले राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताए ।

अरू दलहरूलाई पनि समेटेर दुई तिहाइ पुर्‍याउने र संविधान संशोधन गर्ने सहमति भएकाले सभापति देउवाको भनाइ छ ।

गठबन्धन भत्किने कुराहरू आमसञ्चार माध्यमबाट सुन्ने गरेको भन्दै सभापति देउवाले त्यस्तो नहुने बताए ।

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रूपमा कसैलाई थुन्यो भन्नु गलत भएको सभापति सभापति देउवाको भनाइ छ।

सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्ने उनले बताए ।