प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-१५ १२:४४ मा प्रकाशित
Total Shares: 567
काठमाडौं - नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमितहरु थपिएका हुन् ।
थपिएका अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् । साथै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको उनले जानकारी दिएका छन् ।
संक्रमितहरूको बलम्बुस्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ । यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस