एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ लाख पुगेको छ । वर्ल्डोमिटरका अनुसार २ लाख ३९ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ भने १० लाख ८१ हजार निको भएका छन् ।

बितेको २४ घण्टामा कोरोनाबाट सबैभन्दा प्रभावित देश अमेरिकामा १८९७ जनाको मृत्यु भएको छ । लामो सयमदेखि २ हजारको आँकडामा मृत्यु भैरहेको अमेरिकामा पछिल्लो २ दिनभन्दा मृत्यु हुनेको संख्या घटेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ र

युरोपेली देशमा संक्रमित र मृत्यु हुनेको संख्यामा उल्लेखनिय मात्रामा कमी आइरहेको छ । ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण एसियामा भने यसको प्रभा बढ्दै गएको तथ्यांकले बताउँछ ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ भने ९४ हजार नयाँ संक्रमित थपिएका छन् ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१८९७

इटली -२६९

स्पेन -२८१

जर्मनी -११३

इरान -६३

स्विजरल्याण्ड -१७

फ्रान्स -२१८

युके -७३९

नेदरल्याण्ड -९८

पेरु -७३

अस्ट्रिया -५

बेल्जियम -१०९

र्पोचुगल -१८

क्यानडा -२०७

टर्की -८४

भारत -६९

आयरल्याण्ड -३३

ब्राजिल -५०९

मेक्सिको -१२७

इजरायल -३

जापान -२५

स्विडेन -६७

रुस -९६

चिलि -७

दक्षिण कोरिया -१

यूएई -६

साउदी -७

पाकिस्तान -५६

सिंगापुर -१

कतार -२

पोल्याण्ड -७

रोमानिया -२६

फिलिपिन्स -११

चेक्भिया -४

सर्बिया -६

बेलारुस -४

इक्वेडर -१६३

फिनल्याण्ड -७

इन्डोनेसिया -८

डेनमार्क -८

अस्ट्रेलिया -१

डेमोनेसियन रिपब्लिक -१२

युक्रेन -११

हंगेरी -११

पानामा -१०

मलेसिया -१

दक्षिण अफ्रिका -१३

इजिप्ट -१४

क्रोएसिया -६

अर्मेनिया -१

इराक -१

अफगानिस्तान -४

अजरबैजान -१

बोस्निया -१

नाइजेरिया -१०

बुल्गेरिया -२

क्युबा -३

स्लोभेनिया -१

आइभरी कोस्ट -१

बोलिभिया -३

लाटभिया -१

होन्डुरस -४

एन्डोरा -१

नाइजर -१

बुर्किनाफासो -१

डिआरसी -१

जर्जिया -१

च्यानल आइल्याण्ड -१

जमैका -१

केन्या -४

आइस अफ म्यान -१

पाराग्वे -१

भियतनाम -१

लाइबेरिया -१

बेनिन -१

बंगलादेश -२

कोलम्बिया -२१

अर्जेन्टिना -७

अल्जेरिया -३

कुबेत -४

मोरक्को -१

माल्दोभ -६

लक्जमवर्ग -२

नर्थ मेसोडोनिया -४