लगातार बढ्दै सुनको मूल्य
खबर एक्सप्रेस
२०७९-०७-३० १२:०९ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ९८ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार ४ रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस