थप २७ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७९-०६-२४ ०४:४८ मा प्रकाशित
Total Shares: 120
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१ हजार ५४६ जनाको नमूना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना संक्रमणमुक्त बनेका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना महामारीबाट १२ हजार १८ जनाको मृत्य भएको मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस