बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७९-०२-०६ ११:११ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बिहिबार तोलामा एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर एक हजार २७० मूल्य कायम भएको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस