बर्नलेमाथि लिभरपुलको सानदार जित
काठमाडौं,एजेैन्सी - प्रिमियर लिगमा लिभरपुलले जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-०ले पराजित गरेको हो ।
खेलको ४३औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२औ मिनेटमा नाथालिन फिलिप्सले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि ८८औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुलाई ३–० को सहज जित दिलाए ।
जितसँगै लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ । लिभरपुल ३७ खेलमा ६६ अंक सहित चौथो स्थानमा छ । लेस्टर सिटीले पनि समान खेलबाट समान ६६ अंक जोडेपनि गोल अन्तरमा लिभरपुल अघि बढेको हो । पराजित बर्नले ३९ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
अब लिगको अन्तिम खेलमा क्रिस्टल प्यालेससँग सफलता हात पार्न सके लिभरपुल शीर्ष चारमा रहेर अर्को सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस